बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक जना घाइते

मेगा खबर संवाददाता

४, चैत्र २०८२
  • 1.1K
    SHARES

  • खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक जना घाइते

    खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले आज हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिइन् ।

    ‘हेलिकप्टर दुर्घटना भएको हो,मानवीय क्षति भएको छैन,उनले भनिन् । केपिलासगढी- २ को बालावेशीमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एक जना घाइते भएका छन् ।

    पाइलट सविन थापा र पाँच जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको खोटाङ प्रहरीले जानकारी दिएको छ ।

    ‘काठमाडौंबाट आमाको कामका लागि परिवारका ५ जना आउनुभएको रहेछ,जिल्ला प्रहरी कार्यालय खोटाङले भनेको छ, त्यसक्रममा हावाको बेगले अनियन्त्रित भइ हेलिकप्टर पल्टिएको छ ।

     

     

    बुधवार, चैत्र ४ २०८२०१:३८:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार