काठमाडौँ, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।
छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदनका साथै लाल,रायमाझी र मल्लिक आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन् ।
नेपालमा छानविन आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने देखिएकाले कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नहुने हो की भन्ने आशङ्का व्यक्त गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर भदौ २३ र २४ को घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने युवाहरूको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।