बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वायु प्रदूषण बढ्यो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध

वायु प्रदूषण बढ्यो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध

मेगा खबर संवाददाता

२७, फाल्गुण २०८२
  • 352
    SHARES

  • वायु प्रदूषण बढ्यो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध

    काठमाडौँ,काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।

    उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न,आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन,वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ ।

    वायु प्रदूषणको असरका कारण रुघाखोकी लागेर आएका बिरामीलाई औषधिले समेत काम नगर्ने अवस्था बनेको छ । पाँच वर्षभन्दा मुनिका बालबालिका,६५ वर्ष नाघेका वृद्धवृद्धा,दम,एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्नसक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्याउँछ ।

    वायू प्रदूषणले अस्वस्थको तह पारगरेसँगै स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ ।

    बुधवार, फाल्गुण २७ २०८२०४:३८:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार