चितवनमा उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको अटो रिक्सा पल्टिँदा चालकसहित ४ जनाको मृत्यु भएको छ ।
कालिका-९ दर्बेटारमा बा.प्र ०६-००१ ह ०३१५ नम्बरको अटो रिक्सा अनियन्त्रय भई शनिबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए । उनका अनुसार राप्ती-९ का ३९ वर्षीय पूर्ण बिक,२२ वर्षीया बिनी तामाङ, ५५ वर्षीय तिलक तामाङ र राप्ती-८ का ५६ वर्षीया बिष्णुकुमारी तामाङको मृत्यु भएको छ ।
'दुर्घटनामा घाइते भएकी राप्ती-९ कै ५३ वर्षीया चिनीकुमारी गुरुङ पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भइ रहेको छ,
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।