काठमाडौँ, धादिङमा बस दुर्घटना भएको बसमा ४५ यात्रु सवार रहेको खुलेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडक खण्डबाट त्रिशूली नदी किनारमा खसेको हो । माछापुच्छ्रे ट्राभल्सको उक्त बसमा ४५ यात्रु सवार रहेको खुलेको सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको डिएसपी थापाले बताए । घाइतेलाई स्थानीय अस्पताल लगिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको सनाखत भएको छ । मृतकको सनाखत हुन बाँकी छ । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।