काठमाडौँ, सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
भारतबाट बोलेरो जिप,स्कोर्पियो र स्कोर्पियो पिकअप आएको छ । तीमध्ये सरकारले सशस्त्र प्रहरी बललाई ९३ वटा गाडी दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।