बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुल्झियो वीरगञ्जको दुइ समुदायबिचको धार्मिक विवाद

सुल्झियो वीरगञ्जको दुइ समुदायबिचको धार्मिक विवाद

  • 619
    SHARES

  • सुल्झियो वीरगञ्जको दुइ समुदायबिचको धार्मिक विवाद

    काठमाडौं, वीरगञ्ज महानगरपालिकामा उत्पन्न दुइ समुदायबिचको विवाद सुल्झिएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी सम्झदारी गर्दै उत्पन्न विवाद सुल्झाउने निर्णय गरेको हो । आज ४ बजे सद्‌भाव र्‍याली निकाल्ने सहमति गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिए । सम्पन्न सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै वीरगञ्जको विवाद समाधान गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

    सर्वपक्षीय बैठकले अन्य मुलुक वा स्थानमा भएको घटनालाई लिएर वीरगञ्जमा कुनै पनि पक्षले विरोध वा प्रदर्शन नगर्ने,यसको साटो पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिई ज्ञापनपत्रका लागि जोड दिने तत्पश्चात् मात्रै आन्दोलनका कार्यक्रम गर्ने लगायत सहमति गरेको छ ।

    सामाजिक सदभावमा खलल नपुग्ने गरी सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्ने सहमति भएको छ । सबै पक्षले आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन कायम राख्न प्रतिवद्धता व्यक्त गर्ने सहमति गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    मंगलवार, पौष २२ २०८२०३:३८:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार