बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कालोपट्टी बाँधेर मिराज ढुंगाना समूहले गर्‍यो प्रदर्शन

कालोपट्टी बाँधेर मिराज ढुंगाना समूहले गर्‍यो प्रदर्शन

मेगा खबर संवाददाता

१०, मंसिर २०८२
  • 1.1K
    SHARES

  • कालोपट्टी बाँधेर मिराज ढुंगाना समूहले गर्‍यो प्रदर्शन

     काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरे ।

    आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले आज टाउकोमा कालोपट्टी  बाँधेर प्रदर्शन गरे । सिंहदरबार प्रवेश गर्न खोज्दा मिरज समूह र प्रहरीबीच केहीबेर धकेलाधकेल भयो । सिंहदरबार गेट पुगेर गिरफ्तारी दिने योजनामा रहेको यो समूहलाई प्रहरीले रोकेको छ ।

    सोमबार पनि सिंहदरबार गेटअगाडि पुगेर प्रधानमन्त्री भेट्न नपाएपछि यो समूहले असन्तुष्टि जनाएको थियो । प्रधानमन्त्रीलाई बुझाउने भनिएको मागपत्र गेटमै टाँसेर हिँडेको थियो । मिरज नेतृत्वको गरिखान देउ अभियानका अगुवा हरिष भट्टका अनुसार मंगलबार भने प्रधानमन्त्रीलाई भेट्ने भन्दा पनि गेटअगाडि गएर प्रदर्शन गर्ने योजना थियो ।

    आज हामी सिंहदरबार पुगेर गिरफ्तारी नै दिने पूर्वयोजना थियो । सोही अनुसार प्रदर्शनको लागि गएका हौँ । अब यो आन्दोलन हाम्रो माग पूरा नभएसम्म निरन्तर जारी रहन्छ,’उनले भने,सोमबार यो समूहसहित अन्य जेनजी अगुवाले विभिन्न विषय समेट्दै ८ बुँदे संयुक्त मागपत्र सिंहदरबाको गेटमा टाँसेको थियो ।

     

    मंगलवार, मंसिर १० २०८२०१:५३:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार