बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हितेन्द्रदेव शाक्यको रिट शर्मा र श्रेष्ठको इजलासमा

हितेन्द्रदेव शाक्यको रिट शर्मा र श्रेष्ठको इजलासमा

मेगा खबर संवाददाता

१०, मंसिर २०८२
  • 607
    SHARES

  • हितेन्द्रदेव शाक्यको रिट शर्मा र श्रेष्ठको इजलासमा

    काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पेसीमा तोकिएको छ ।

    शाक्यको रिटमा सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिए ।

    यसअघि गत कात्तिक २१ गते शाक्यको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । शाक्यले यसअघि दिएको दुई वटा रिट र कुलमान घिसिङको रिट लगाउमा राखेर सुनुवाइ गर्दै छ ।

    मंगलवार, मंसिर १० २०८२०१:३९:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार