काठमाडौँ, आगामी २४ घण्टा देशका अधिकांश भू-भागमा साधारणतया: मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बिहान ८ बजे जारी गरिएको पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदली रहने सम्भावना छ । आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । आज राति पनि कोशी प्रदेशका पहाडी–हिमाली भू-भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।