काठमाडौं, प्रहरी र जेनजी युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।
एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता आउने भएपछि जेनजी युवाहरुले सिमरा एयरपोर्ट नजिक विरोध कार्यक्रम राखेका थिए । त्यसक्रममा युवासंघका कार्यकर्ताहरुले विरोध गरेपछि झडपको स्थिति बनेको थियो ।
त्यसपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।