बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

मेगा खबर संवाददाता

३, मंसिर २०८२
  • 880
    SHARES

  • दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ, राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । म्याद थपका लागि प्रसाईंलाई  आज जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । सो क्रममा प्रसाईंले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको दाबी गरे । 

    राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईंलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रसाईँलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनले प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका थिए ।

    मंगलवार, मंसिर ३ २०८२०२:४०:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार