काठमाडौँ, राष्ट्र,राष्ट्रियता,धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।
सो क्रममा पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा प्रसाईँले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताए । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।