बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छ : सञ्चारमन्त्री

नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छ : सञ्चारमन्त्री

मेगा खबर संवाददाता

२९, कार्तिक २०८२
  • 1.1K
    SHARES

  • नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छ : सञ्चारमन्त्री

    काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताए छन् ।

    नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण कोरिया पुगेर सञ्चारमन्त्री खरेलले सिओल एआई फाउण्डसनद्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गरेपछि कोरियाको सूचना प्रविधिका साथै एआई प्रविधि नेपालका लागि उपयोगी र सान्दर्भिक हुने उल्लेख गरे । उनले अवलोकन भ्रमणले नेपालको एआई क्षेत्रमा काम गर्नका लागि थप ऊर्जा र प्रोत्साहन मिलेको उल्लेख गरे ।

    सञ्चारमन्त्री खरेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले त्यहाँको एआई सिटी,एआई सेन्टर र एआईले गरेका कामको अवलोकन गरेको हो । एआई सिटी सेन्टर भ्रमणका क्रममा मन्त्री खरेलले भने“कोरियाको एआई स्मार्ट सिटी सेन्टरको भ्रमणले नेपालमा एआई केन्द्रमा काम गर्नका लागि थप ज्ञान र सिकाई मिलेको छ । यसबाट नेपालमा भर्खरै स्थापना भएको एआई केन्द्रलाई थप टेवा पुग्ने छ ।”

    शुक्रवार, कार्तिक २९ २०८२०४:०२:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार