खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित स्काउटको जग्गामा बनाएको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने उक्त संरचनामा खाली गर्नका लागि मन्त्रालयकै आग्रहमा महानगरले सहजीकरण गरेको हो । नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।
उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।