काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दावी गरेका छन् ।
जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा बयान दिँदै लामिछानेले त्यो दिन (भदौ २५ गते) तपाईं बाहिर ननिस्किए प्रदर्शनकारीहरूले कारागारमै आक्रमण र तोडफोड गर्ने अवस्था आउने भनेपछि आफू निस्किएर गएको भनी बयान गरे । त्यो दिन म कारागारमै बसिरहेको थिएँ,प्रदर्शनकारीहरूले नाराबाजी र प्रदर्शन गर्दै हामी बसेको कारागारतिर आएपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था भएछ,लामिछानेको बयान उदृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो,बाहिरको प्रदर्शन बढ्दै गए र कारागारमाथि आक्रमण भए कैदीबन्दी नै जोगाउन नसक्ने अवस्था हुने भएपनि उहाँहरूले नै मलाई गइदिनुपर्यो भनेपछि म निस्किएको हुँ ।
जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूले दुई दिन नख्खु कारागारको स्थलगत निरीक्षण गर्नुका साथै त्यहाँका कैदीहरूको नाईके तथा भाइनाइकेहरूसँग सोधपुछ गरेको थियो । स्थलगत अध्ययन र सोधपुछपछि आयोगले १९ कात्तिकमा लामिछानेको बयान लिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।