सिन्धुपाल्चोक । चीनसँग जोडिएको तातोपानी नाका कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको छ । नाकाबाट कात्तिक १३ गते एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
गत असोज ११ देखि बन्द नाकाबाट कात्तिक १३ गते बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो । कात्तिक १४ गते शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताउनुभयो । कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।