बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गुन्डा नाइके सानुभाइ धरौटीमा रिहा

गुन्डा नाइके सानुभाइ धरौटीमा रिहा

मेगा खबर संवाददाता

१४, कार्तिक २०८२
  • 967
    SHARES

  • गुन्डा नाइके सानुभाइ धरौटीमा रिहा

    काठमाडौं, गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् ।

    काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् । जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’आरोपमा प्रहरीले असोज १९ मा उनलाई टोखाबाट पक्राउ गरेको थियो । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि अहिले सातौंपटक पक्राउ परेर छुटेका हुन् ।

    उनलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले बताए ।

    बिहिवार, कार्तिक १४ २०८२१२:५३:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार