बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ

मेगा खबर संवाददाता

१३, कार्तिक २०८२
  • 1.0K
    SHARES

  • जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ

    जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरबाट हतियार लुटेर भिडिओ बनाउने ४ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्ने २५ वर्षीय सुजन वाइबा, कञ्चनपुरको महेन्द्रनगर घर भई हाल ललितपुर बस्ने २० वर्षीय विकास आग्री, दोलखाको मैलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-३२ महादेवस्थान बस्ने २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भिमदत्त नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-३१ ठूलो खरिबोट बस्दै आएका २५ वर्षीय अनिल बुढा छन् ।

    पक्राउ परेका चार जनामध्ये वाइबा बानेश्वर बहुमुखी क्याम्पसका स्ववियू सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । 

    बुधवार, कार्तिक १३ २०८२१२:५२:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार