काठमाडौँ, जेनजी प्रदर्शनमा उच्छृङखल गतिविधि गर्दै संसद् भवन आगजनी गर्नेमा स्ववियु सदस्य नै संलग्न रहेको भेटिएको छ ।
पेट्रोल बोकर संसद् भवनमा गएर आगजनी गर्नेमा बानेश्वर बहुमुखी क्याम्पसका स्वावियु सदस्य सुजन वाइबाको संलग्नता देखिएको प्रहरीको अनुसन्धाननबाट थाहा भएको छ । वाईवा अखिल (क्रान्तिकारी)बाट बानेश्वर क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए । आगजनी र हतियार लुटमा संलग्न आरोपमा वाइबा समूहका चार जनालाई पक्राउ गरिएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारि दिए ।
पक्राउ पर्नेमा स्ववियु सदस्य २५ वर्षीय वाइबा,कञ्चनपुर घर भएका २० वर्षीय विकाश अग्री,दोलखा मेलुङ गाउँपालिका–६ घर भएका २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका २५ वर्षीय अनिल बुढा छन्,बुढा इनड्राइभ चालक हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।