बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप दुई जना पक्राउ

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप दुई जना पक्राउ

मेगा खबर संवाददाता

१२, कार्तिक २०८२
  • 1.5K
    SHARES

  • महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप दुई जना पक्राउ

    काठमाडौँ, जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा प्रहरी जवानलाई कुटपिट गर्ने थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर–१ घर भएर सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ घर भएर मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ छन् । आरोपीहरूले जवान उत्तम थापालाई कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आन्दोलनकारीको कुटपिटबाट प्रहरी जवान थापाको मृत्यु भएको थियो । सोमबार पक्राउ परेका दुवै जना आरोपीलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा ल्याएर थप अनुसन्धान थालिएको छ ।

    भदौ २४ मा उनीहरुले जवानलाई कुटपिट गरेको र प्रहरी वृत्त महाराजगन्जमा तोडफोड तथा आगजनी गरेको भिडियो फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

    उनीहरूलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो । दुबै जनालाई प्रहरी वृत्त महाराजगन्जमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिसकेको छ ।

    मंगलवार, कार्तिक १२ २०८२०२:१३:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार