भरतपुरमा स्कुटर अनियन्त्रित भएर पल्टिँदा दुई युवाको मृत्यु भएको छ ।
सोमबार दिउँसो भरतपुर विमानस्थल नजिकै सडकमा बा.प्र.०६-००३ प ०६९२ नं.को स्कुटर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा स्कुटर चालक भरतपुर-२१ वस्ने २५ वर्षीय संदिप घिमिरे र पछाडि बसेका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
उनीहरुको भरतपुर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।