काठमाडौं, जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
राजधानीको एभरेष्ट होटलमा आज पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताए । उनले दल खोल्नुको अर्थ निर्वाचनमा जानु मात्र नभएको उल्लेख गरे । उनले हुलमुल नै भएर देश विकास हुन नसक्ने टिप्पणी गरे । ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन,यो क्लियर होस्,उनले भने,‘आधिकारिक हुनका कि त मैले एनजीओ खोल्नुपर्यो,कि त राजनीतिक दल हुनुपर्यो,नत्र हुलमुल मात्रै हुन्छ । हुलमुल नै भएर देश विकास गर भन्न त भएन ।
ढुंगानाले प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा एउटा बटमलाइन भएको उल्लेख गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।