बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विमानस्थलबाट ११ किलो गाँजासहित भारतीय पक्राउ

विमानस्थलबाट ११ किलो गाँजासहित भारतीय पक्राउ

मेगा खबर संवाददाता

२७, आश्विन २०८२
  • 811
    SHARES

  • विमानस्थलबाट ११ किलो गाँजासहित भारतीय पक्राउ

    काठमाडौं, प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी,२४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । उनका अनुसार एयर एसियाको उडानबाट बैंककबाट काठमाडौं आएका उनीहरूलाई ११ किलो २७५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । 

    उनिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको  छ ।

    सोमवार, आश्विन २७ २०८२०४:०९:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार