बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

४० करोड बराबरको पैतालिस लाख सयपत्री र मलमलीको माला खपत हुने अनुमान

४० करोड बराबरको पैतालिस लाख सयपत्री र मलमलीको माला खपत हुने अनुमान

मेगा खबर संवाददाता

२७, आश्विन २०८२
  • 625
    SHARES

  • काठमाडौँ, यसपालिको तिहारमा काठमाडौँ उपत्यकामा ४० करोड रुपियाँ बराबरको पैतालिस लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान गरिएको छ । 

    तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठुलो सङ्ख्यामा मालाको खपत हुने गर्छ । तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । गोदावरी फूलको खपत उल्लेख्य परिमाणमा हुने गर्छ । 

    फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड रुपियाँ बराबरको फूल र मालाको कारोबार हुने जानकारी दिए । सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उनले बताए ।

    सोमवार, आश्विन २७ २०८२०८:००:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार