काठमाडौँ, जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद् भवन परिसरमा थुपारिएको छ ।
आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका थिए । तत्काल प्रयोगमा आउने सम्भावना नदेखिएपछि संसद् भवन परिसरलाई आगजनी गरिएका सवारीसाधनहरू राख्ने थलो बनाइएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।