काठमाडौँ, काठमाडौँका प्रमुख नाकाहरूमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ ।
गोङ्गबु बसपार्क,कलंकी,कोटेश्वर,जडीबुटी क्षेत्रमा बस कुर्नेहरुको भीड लाग्ने गरेको छ । काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । काम,पढाइ र रोजगारीको सिलसिलामा राजधानीमा बसिरहेका मानिसहरू आफ्नो परिवारसँग मिलेर दसैं मनाउन उत्साह सहित गाउँतर्फ लागिरहेका छन् ।
तर,यो वर्ष सार्वजनिक यातायातका टिकट अग्रिम बुकिङ खुला नभएकाले यात्रुले आफ्नै तरिकाले बस चढ्ने र समय मिलाएर यात्रा गर्ने गरेको देखिन्छ । काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । काम,पढाइ र रोजगारीको सिलसिलामा राजधानीमा बसिरहेका मानिसहरू आफ्नो परिवारसँग मिलेर दसैं मनाउन उत्साह सहित गाउँतर्फ लागिरहेका छन् ।
तर,यो वर्ष सार्वजनिक यातायातका टिकट अग्रिम बुकिङ खुला नभएकाले यात्रुले आफ्नै तरिकाले बस चढ्ने र समय मिलाएर यात्रा गर्ने गरेको देखिन्छ । यात्रीहरूको बाक्लो भीडले काठमाडौंलाई विस्तारै सुनसान बनाउँदैछ भने गाउँघरलाई रंगीचंगी बनाइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।