बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दसैँका लागि घर जानेको चाप बढ्यो , ३ दिनमा १ लाख ३८ हजारले छाडे काठमाडौं उपत्यका

दसैँका लागि घर जानेको चाप बढ्यो , ३ दिनमा १ लाख ३८ हजारले छाडे काठमाडौं उपत्यका

मेगा खबर संवाददाता

९, आश्विन २०८२
  • 823
    SHARES

  • दसैँका लागि घर जानेको चाप बढ्यो , ३ दिनमा १ लाख ३८ हजारले छाडे काठमाडौं उपत्यका

    काठमाडौं, दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

    स्कुल,कलेजहरूमा बिदा सुरु भएपछि काठमाडौंको गोङ्गबु बस पार्कमा बिहानै देखि छोड्नेहरूको भीड लाग्ने गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हाल सम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

    यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ । गोङ्गबु नयाँ बसपार्क,माछापोखरीस्थित धादिङ बसपार्क,कोटेश्वर, कलङ्की लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

    बिहिवार, आश्विन ९ २०८२११:३९:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार