बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तुइन खोलानजिक खसेको पहिरो हटाउन आज दिनभर लाग्ने

तुइन खोलानजिक खसेको पहिरो हटाउन आज दिनभर लाग्ने

मेगा खबर संवाददाता

८, आश्विन २०८२
  • 415
    SHARES

  • तुइन खोलानजिक खसेको पहिरो हटाउन आज दिनभर लाग्ने

    सडक डिभिजन भरतपुरले तुइन खोलाको पहिरो बिहीबार दिउँसो मात्रै पन्छाइसकिने बताएको छ ।

    मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा मंगलबार अपराह्न भीषण पहिरो खसेर यातायात अवरूद्ध भएको थियो । सडक डिभिजन भरतपुरले मंगलबारबाटै पहिरो पन्छाउन थाले पनि ठूलो मात्रामा चट्टान सहितको माटो थुप्रिएकाले पन्छाउन समय लाग्ने बताएको हो ।

    सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलामा मंगलबार अपराह्न १२ हजारदेखि १४ हजार घनमिटर परिमाणमा पहिरो खसेको छ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पहिरोमा बुधबार बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरू भइरहेको छ । 

    बुधवार, आश्विन ८ २०८२१२:३२:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार