बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वेदैशिक रोजगारीमा जाने बढे, दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति

वेदैशिक रोजगारीमा जाने बढे, दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति

मेगा खबर संवाददाता

५, आश्विन २०८२
  • 484
    SHARES

  • वेदैशिक रोजगारीमा जाने बढे, दुई महिनामा एक लाख ३६ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं, चालु आर्थिक वर्ष २०८२८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन् । 

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०८२ साउन १ गतेदेखि भदौ मसान्तसम्म उनीहरूले विभागबाट श्रम स्वीकृति लिएका हुन् । गएको भदौमा मात्र ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांकले देखाउँछ । भदौमा श्रम स्वीकृति लिनेमा ५९ हजार ९२३ पुरुष र आठ हजार ४९ महिला छन् । 

    गएका साउनमा ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ जना महिला गरी कुल ६८ हजार ११० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्ष २०८१८२ को पहिलो दुई महिनामा कुल एक लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

     

    आइतवार, आश्विन ५ २०८२०४:३१:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार