काठमाडौं, गत भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु भएको छ ।
आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका सयौँ सवारी साधनहरू अब नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा राखिने भएका छन् ।
हाल ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा जलेका सवारी साधनहरू हटाउने काम भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।