काठमाडौं, जेनजीको आन्दोलनमा घर जल्दा जलेर घाइते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनकारीले घरमा आगोलागी गरेका थिए । घरसँगै जलेकी उनको अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उपचारकै क्रममा संक्रमण फैलिन थालेपछि उनको हात काटिएको खनालले बताए ।
बुधबार एउटा अप्रेसन भयो । संक्रमण बढ्न थाल्यो भनेर चिकित्सकले अप्रेसन गर्नुपर्छ भने,हामीले अप्रेसन गर्ने अनुमति दियौँ, उनले भने डाक्टरले मेडमको देब्रेहात काटे । देब्रेहात चाहिँ कुहिनोदेखि तल फाल्यो । उनी पहिलोपटक अपांग भइन् । उनले आज फेरि निमोनियाको संक्रमण पनि देखिएको जानकारी पाएको सुनाए । आज निमोनिया देखा पर्यो रे । यसले के गर्ने हो ? यसलाई केही गर्न सकिने होकि होइन रनभुल्ल परिरहेको छुु उनले थप भने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।