बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौंसहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा

काठमाडौंसहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा

मेगा खबर संवाददाता

२, आश्विन २०८२
  • 439
    SHARES

  • काठमाडौंसहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा

    काठमाडौं, प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरूवा गरेको छ ।

    प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णय अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा गरेको हो । काठमाडौं प्रहरी परिसर,काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,प्रहरी प्रधान कार्यालय,अख्तियार दुरूपयोग अनुसन्धान आयोग,काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय,केन्द्रीय अनुसन्धान ब्युरोलगायत विभिन्न जिल्ला प्रहरी कार्यालमा कार्यरत एसपीहरूको सरूवा भएको हो ।

    काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं.२ नक्साल सरूवा गरिएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीलाई जिल्ला प्रहरी कार्यालय बाँके सरूवा गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरूवा गरिएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरोका एसपी नरेन्द्र चन्दलाई जिल्ला प्रहरी कार्यालय कैलाली सरूवा गरिएको छ । जिल्ला प्रहरी परिरस भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्राष्ट्रिय टर्मिनल भैरहवा सरूवा गरिएको छ ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एसपी सुदीपराज पाठकलाई सरूवा गरी जिल्ला प्रहरी परिसर पर्सा पठाइएको छ ।

    1

    2

    3

    4

    5

    6

    बिहिवार, आश्विन २ २०८२०७:५२:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार