बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यस्ता प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् राहत

यस्ता प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् राहत

मेगा खबर संवाददाता

१, आश्विन २०८२
  • 472
    SHARES

  • यस्ता प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् राहत

    काठमाडौं, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका सहितको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र काजकिरिया खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । 

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेको जानकारी दिए ।अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको सङ्ख्या ७३ जना छ भने मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि  केहि प्रक्रिया पुरा गनु पर्ने देखिएको छ ।

    उक्त निर्णयमा लेखिएको छ,सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।

     

    बुधवार, आश्विन १ २०८२०५:२८:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार