बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल

मेगा खबर संवाददाता

३०, भाद्र २०८२
  • 1.4K
    SHARES

  • जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल

    काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन् ।

    आज सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताए । उनले भने,'जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन् । उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ । गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए ।

    उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको बताए । आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले बताए ।

     

    सोमवार, भाद्र ३० २०८२०४:४७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार