काठमाडौं,नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका छन् ।
सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । ‘हामी माननीय होइनौँ,सेवा गर्न आएका हौ । माननीय भन्ने शब्द कसैले प्रयोग नगर्दिनुहोला’मन्त्री घिसिङले आग्रह गरेका छन् ।
देशलाई सही दिशातिर लान,समृद्धि र राजनीतिक स्थिरतातिर अघि बढाउनुपर्ने ठुलो चुनौतीलाई स्वीकारेर जिम्मेवारीमा आएको पनि मन्त्री घिसिङले बताएका छन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।