बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शपथलगत्तै आन्दोलनका मृतकका परिवार भेट्न त्रिवि शिक्षण अस्पताल गए कुलमान घिसिङ

शपथलगत्तै आन्दोलनका मृतकका परिवार भेट्न त्रिवि शिक्षण अस्पताल गए कुलमान घिसिङ

मेगा खबर संवाददाता

३०, भाद्र २०८२
  • 994
    SHARES

  • शपथलगत्तै आन्दोलनका मृतकका परिवार भेट्न त्रिवि शिक्षण अस्पताल गए कुलमान घिसिङ

    काठमाडौं, नवनियुक्त ऊर्जा,भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ शपथग्रहण लगत्तै शिक्षण अस्पताल पुगेका छन् ।

    घिसिङले राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण लगत्तै मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् । घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । शीतलनिवासमा शपथलगत्तै उनी घाइते भेट्न पुगेका छन् ।

    घिसिङले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने प्रतिक्रिया दिएका छन् । 

    सोमवार, भाद्र ३० २०८२०२:०६:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार