काठमाडौँ, चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ ।
आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन् । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी,ट्राफिक प्रहरी,नाडा अटोमोवाइल्स एसोसिएसन लगायत सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।
बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।