काठमाडौँ, मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन् ।
सिंहदरबारमा आज नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि बताए । अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना,कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना हालसम्मको रेकर्डअनुसार करिब ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ’मुख्यसचिव अर्यालको भनाइ छ ।
उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।