काठमाडौं : ललितपुरस्थित नक्खु कारागार प्रशासनले फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै कारागार प्रशासनले कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी)लाई अविलम्ब उपस्थित भएर प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न अपिल गरेको हो । अपिलमा भनिएको छ,फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार,सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा गम्भीर प्रतिकूल असर पर्न सक्ने भएकाले यस सम्बन्धमा सम्पूर्ण फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन स्मरण गराइन्छ ।
कारागार प्रशासनले विधि,कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै सम्पर्क गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न अपिल गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।