बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु, प्रदर्शनकारीतर्फ २१ जना

जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु, प्रदर्शनकारीतर्फ २१ जना

मेगा खबर संवाददाता

२७, भाद्र २०८२
  • 739
    SHARES

  • जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु, प्रदर्शनकारीतर्फ २१ जना

    काठमाडौँ, जेनजी प्रदर्शनमा देशभर ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले देशभर ५१ जनाको मृत्यु भएको बताए ।

    पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ । काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २-२ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।  उपत्यका बाहीर भेरी अस्पताल नेपालगञ्जमा ५,रामेछाप अस्पतालमा २,बिर्तासिटी र बी एण्ड सी अस्पतालमा झापामा १ १ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १ हजार ७ सय ६० जना घाइते भएका थिए । १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ७२ जनालाई अस्पतालहरुले अन्यत्र रेफर गरेका छन् । सिभिल अस्पतालमा २१ जनाको शल्यक्रिया गरिएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ११ जना,ग्राण्डी अस्पतालमा ९ जना, काठमाडौं मोडेल अस्पतालमा १ जना,किर्तिपुर बर्न अस्पतालमा ३ जना र नारयणी अस्पतालमा ३ जना गरी जम्मा ५० जना घाइतेको शल्यक्रिया गरिएको छ ।

    मृतक प्रदर्शनकारी र प्रहरीतर्फ :

    qm

    शुक्रवार, भाद्र २७ २०८२०२:५५:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार