बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कैदीबन्दीहरू सम्पर्कमा आउनु: नेपाल प्रहरी

कैदीबन्दीहरू सम्पर्कमा आउनु: नेपाल प्रहरी

मेगा खबर संवाददाता

२६, भाद्र २०८२
  • 730
    SHARES

  • कैदीबन्दीहरू सम्पर्कमा आउनु: नेपाल प्रहरी

    नेपाल प्रहरीले कारागार कार्यालय तथा हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

    बिहीबार प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति जारी गर्दै कैदीबन्दी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय,स्थानीय प्रहरी इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्क हुन जान भनेको छ ।

    भदौ २३ गते भएको प्रदर्शनपछि प्रहरी हिरासत, कारागारबाट कयौं कैदीबन्दी तथा थुनुवा फरार भएका छन् । नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि निस्किएका थिए । उनले भने आफू विधि पुर्‍याएर निस्किएको दाबी गरे ।

    त्यसपछि आगजनी हुँदा कारागार रित्तिएको छ ।

     

    बिहिवार, भाद्र २६ २०८२०४:०४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार