बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी आन्दोलनका घाइते नाै जनाको मृत्यु,१२३ घाइते

जेनजी आन्दोलनका घाइते नाै जनाको मृत्यु,१२३ घाइते

मेगा खबर संवाददाता

२३, भाद्र २०८२
  • 748
    SHARES

  • जेनजी आन्दोलनका घाइते नाै जनाको मृत्यु,१२३ घाइते

    काठमाडौँ, राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

    विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा १४ जना घाइते पुगेका छन्, जसमा दुई जना गम्भीर अवस्थामा छन् । त्यसमध्ये एक जनाको मृत्यु भएको छ ।

    त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा १३ जना घाइते पुगेका छन् भने एक जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ४० जना घाइतेलाई भर्ना गरिएको छ,जहाँ पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    सोमवार, भाद्र २३ २०८२०४:२०:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार