बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ललितपुर महानगरले अतिक्रमित संरचनामा लगायो डोजर

ललितपुर महानगरले अतिक्रमित संरचनामा लगायो डोजर

मेगा खबर संवाददाता

२२, भाद्र २०८२
  • 625
    SHARES

  • ललितपुर महानगरले अतिक्रमित संरचनामा लगायो डोजर

    काठमाडौं, ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ ।

    ३ वटा डोजर र दर्जनौँको सङ्ख्यामा नगर प्रहरी परिचालन गरेर संरचना भत्काइएको हो । नगरपालिकाले वडा नं.५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा स्रेस्ता कायम रहेको कि नं.१०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हः पोखरीको जग्गामा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको हो ।

    नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समय सीमा नाघेपछि आइतबार संरचनाहरू भत्काएको हो । 

     

    आइतवार, भाद्र २२ २०८२११:५८:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार