काठमाडाै, बुढानीलकण्ठ नगरपालिका भित्र बजार व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउन कडाइका साथ बजार अनुगमन गरिएको छ ।
नगरका सबै वडाका प्रमुख बजार क्षेत्रलाई लक्षित गर्दै किराना पसल,खाद्यान्न पसल,मासु पसल,होटल–रेस्टुरेन्टदेखि मिठाई पसलसम्ममा गहिरो अनुगमन गरिएको हो । अनुगमन टोलीले व्यवसाय दर्ता र नविकरण,मूल्य सूचीको प्रदर्शनी,खाद्य सामग्रीको गुणस्तर र म्याद,भण्डारण अवस्था,सरसफाइको स्तर लगायतका विषयमा सूक्ष्म जाँच गरेको छ । अनुगमन संयोजक अनिता लामाको संयोजकत्वमा भएको यस अभियानलाई उपभोक्ताले राहतको रूपमा स्वागत गरेका छन् । उपभोक्ताले “यसले अब गुणस्तरीय,स्वस्थ र निष्पक्ष मूल्यमा सामान पाउने विश्वास जगाएको छ” भनेका छन् ।
नगरपालिकाले बजार अनुगमनलाई अझ सशक्त बनाउँदै नियमित कार्यसूचीमा समावेश गर्ने बताएको छ । जिम्मेवार निकायले गुणस्तरीय सेवा र उपभोक्ता हितलाई केन्द्रमा राखी यस्ता अनुगमनलाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।