काठमाडौं, पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-३० डिल्लीबजार कारागार कार्यालयको पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । आइतबार बा ७६ प ७२५२ नम्बरको स्कुटरमा रहेको सामान चोरी भएको हो । चोरी आरोपमा सोलुखुम्बुका ३४ वर्षीय सबिनकुमार श्रेष्ठ र काभ्रेका ३१ वर्षीय पाल्साङ दोर्जे छन् । उनीहरूले कारागारमा रहेका कैदी भेट्न आएका परिवारको स्कुटर चोरी गरेको एसपी बोहराले जानकारि दिए ।
उनीहरूले १२ हजार नगद,पर्ससहित एटिएम कार्ड,आइफोन,सामसङ र ओप्पो कम्पनीका मोबाइल चोरी गरेको आरोप छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।