बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कर्मचारी यस आर्थिक वर्षमा ५८ वर्षमै अवकाश, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्षमा अवकाश हुने सहमति

कर्मचारी यस आर्थिक वर्षमा ५८ वर्षमै अवकाश, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्षमा अवकाश हुने सहमति

मेगा खबर संवाददाता

१७, भाद्र २०८२
  • 622
    SHARES

  • कर्मचारी यस आर्थिक वर्षमा ५८ वर्षमै अवकाश, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्षमा अवकाश हुने सहमति

    काठमाडौं,  कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले राष्ट्रिय सभाको विधायन समितिको मंगलबारको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्था अनुसार नै अघि बढ्न सहमत भएको बताएकी हुन् । विधेयकमा निजामती कर्मचारीको अवकाशको उमेर हदसम्वन्धमा प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनमा भएकै व्यवस्था कायम राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएपछि विवाद टुंगिएको हो ।

    प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने,अर्को वर्ष ५९ वर्ष र त्यसपछिको वर्ष ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको थियो । यसलाई सदर गरेर जाने निर्णय मन्त्री न्यौपानेको अभिव्यक्तिसँगै निजामती विधेयकमा परेको गाँठो फुकेको छ ।

     

    मंगलवार, भाद्र १७ २०८२१२:३०:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार