बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अमेरिकाले नेपाली सेनालाई दुई वटा पठायो जहाज

अमेरिकाले नेपाली सेनालाई दुई वटा पठायो जहाज

मेगा खबर संवाददाता

१५, भाद्र २०८२
  • 910
    SHARES

  • अमेरिकाले नेपाली सेनालाई दुई वटा पठायो जहाज

    काठमाडौं, अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा जहाज प्रदान गर्ने भएको छ । ती जहाजहरू शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भइसकेका छन् ।

    दुई वटा जहाज काठमाडौं ल्याए पनि अमेरिकी दूतावासले नेपाली सेनालाई हस्तान्तरण गर्न भने बाँकी नै छ । सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार ती जहाज एउटा स्काईट्रक र अर्को एयर एम्बुलेन्स हो । जहाज हिजो नेपाल आइपुगेको छ । निकट भविष्यमा कार्यक्रम भएर नेपाली सेनालाई हस्तान्तरण हुनेछ,उनले भने,यी दुवै जहाज यही महिना एक कार्यक्रम गरी हस्तान्तरण गर्ने तयारी छ ।

    प्रवक्ता बस्नेतका अनुसार स्काइ ट्रक विपद व्यवस्थापनका लागि परिचालन गर्ने तयारी छ । ‘स्काईट्रक विशेष गरी उद्धार, राहतका कामका लागि प्रयोग हुनेछन्,’उनले भने ।

     

    आइतवार, भाद्र १५ २०८२०५:०८:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार