बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्य

नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्य

मेगा खबर संवाददाता

१३, भाद्र २०८२
  • 1.1K
    SHARES

  • नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्य

    काठमाडौं, स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेका अनुसार सम्पूर्ण स्थानीय तहमा दरबन्दी अनुरुप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको छ । निजामती सेवा ऐन,२०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीबाहेक,मन्त्रालयले पारदर्शिता,कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको छ ।

    दुई वर्षभन्दा बढी मन्त्रालय वा मातहतका निकायमा काम गरेका,उपत्यका केन्द्रित कार्यालयमा सीमित,स्थानीय तहमा काम नगरेका,प्रदेशमा कामकाजका लागि खटिएका तथा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको छ ।पहिलोपटक गाउँपालिका तथा नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था शून्यमा झार्नुका साथै बाह्य राजनीतिक दबाब वा स्थानीय तहको मनपरि अन्त्य गरी मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमा काम गर्ने वातावरण सिर्जना भएको छ ।

    शुक्रवार, भाद्र १३ २०८२११:५७:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार