काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बूढानीलकण्ठ-३ चपली चोकमा बागमती प्रदेश ०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । बूढानीलकण्ठको भंगाल बस्ने २८ वर्षीय कवी गुरूङको उपचारको क्रममा मृत्यु भएको हो ।
एसपी बोहराका अनुसार मंगलबार राति साढे ९ बजे मोटरसाइकल देउवा चोकबाट चपली तर्फ जाँदै थियो । अनियन्त्रित भएर सडक छेउमा ठोक्किएर फेरि ट्याक्सीको लुकिङ ग्लासमा ठोक्किएको थियो । बा २ ज ४९११ नम्बरको ट्याक्सी पनि चपलीतर्फ गइरहँदा दुर्घटना भएको हो ।
घाइते भएका कविलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । मध्यराति १ बजेतिर ह्याम्स अस्पतालमा रिफर गरिएको प्रहरीले जानएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।